Logo
Logo

कोशीमा उपनिर्वाचन : सात वडाध्यक्षका लागि ६० जनाको मनोनयन


189
Shares

विराटनगर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कोशी प्रदेशका ६ वटा जिल्लामा रिक्त रहेका ७ वटा वडाध्यक्षका लागि ६० जनाको उम्मेदवारी परेको छ ।

सात वटा स्थानीय तहमा रिक्त रहेको सात वडाध्यक्ष पदका लागि ६० जनाको मनोनयन दताए भएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । मनोनयन दर्ता भएकामा ६ जना महिला छन् । निर्वाचन हुने वडामध्ये सबैभन्दा बढी सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा १४ जनाको मनोनयन दर्ता भएको छ भने झापाको कन्काई नगरपालिका–६ मा ९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्षमा ८ जना, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा ८ जना, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा ९ जना, उदयपुरकै बेलका नगरपालिका वडा नम्बर ९ मा ७ जना र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा ५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने यी पालिकामध्ये सिरिजंगा ६ र बेलका ९ मा स्वतन्त्र उम्मेदवारी परेको छैन । बाँकी सबैमा स्वतन्त्र उम्मेदवारी परेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कन्काईमा १, लालीगुराँसमा २, गढीमा ३, मोलुङमा २ र त्रियुगामा १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सिरिजङ्गामा १, कन्काईमा १, गढीमा २ र त्रियुगामा २ जना महिलाले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्