काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फैलाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरण सामाजिक सञ्जालमा भाइरल भएका छन् । केही मिडियाले त्यसको सत्य परीक्षण नगरी भ्रम बिस्तारमा सघाउ पु¥याएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख दिपक थापाका अनुसार प्रारम्भिक जाँचका क्रममा प्रसाइँले सार्वजनिक गरेका सबै कागजात कीर्ते देखिएको छ । उनले भने, ‘फर्जी कागज बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएको प्रष्ट देखिएपछि प्रसाईंलाई नियन्त्रणमा लिएका छौं । ती विवरण सार्वजनिक गरेलगत्तै हामीले अनुसन्धान थालेका थियौं ।’
प्रसाईंलाई भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको थियो । प्रसाइँमाथि कीर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तरगतको कसुरमा अनुसन्धान गरिने सीआइबीले जनाएको छ । उनलाई आजै अदालतमा उपस्थित हिरासतमा राख्न म्याद लिने प्रहरी तयारी छ ।