Logo
Logo

असोजमा भित्रियो १ खर्ब ४४ अर्ब रेमिट्यान्स


189
Shares

काठमाडौँ । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा बिदेसिएका छन् । तथ्याङ्क अनुसार असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख १० हजार ६५४ छ ।

त्यस्तै ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ थियो ।

प्रतिक्रिया दिनुहोस्