काठमाडौँ । जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
अदालतले मंगलबार अधिकारीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ ।