काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो ।
जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जङ्गलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ ।
बैंकको अनुसार यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप पुर्ननिर्माण-मर्मत सम्भार गर्न प्रदान गरिनेछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबर्द्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।