काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकमा पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषय निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको उनको भनाइ छ । उनले संकटको समयमा संवादहीनताले थप संकट निम्ताउने सक्ने भन्दै यसबेला भेटघाट बढाउनका लागि बैठक बोलाएको बताए । आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने रास्वपाले जनाएको छ ।