काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ । आज चाँदी पाँच रुपैयाले घटेर प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।