काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अुनसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।