Logo
Logo

भारतका स्थल सेनाध्यक्ष काठमाडौँ आइपुगे


441
Shares

काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौँ आइपुगेका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् ।

उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतले एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आएका हुन् ।

द्विवेदी मंसिर ९ गतेसम्म नेपालमा रहने छन् । द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्