काठमाडौँ । राजधानीको माइतीघरमा सहकारी पीडित र प्रहरीबीच प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ ।
पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सो क्रममा प्रहरीको बल प्रयोग गर्दा केही घाइते भएका छन् । एकजनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । माइतीघर नजिकै निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।