Logo
Logo

मन्त्री हेरफेरबारे छलफल भएको छैन, हल्ला मात्रै : गृहमन्त्री


504
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन गर्ने कुरा हल्ला मात्र रहेको बताएका छन् । सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका मन्त्री लेखकले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरे ।

उनले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने व्यवस्था रहेको तर हालसम्म यस विषयमा कुनै छलफल नभएको बताएका हुन् । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ । तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने ।

२०८४ सम्म यो गठबन्धन कायम रहने दाबी गर्दै उनले अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्