Logo
Logo
सहकारी ठगी प्रकरण

पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु


378
Shares

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पूर्वडीआईजी जोशीको बयान सुरु भएको हो ।

प्रहरीका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको हो । पोखरा रहेका उनलाई स्वर्ण लक्ष्मीको अनुसन्धानका लागि मङ्गलबार काठमाडौँ ल्याइएको थियो ।

जोशीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा रास्वपा सभापति रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोहीअनुसार उनलाई काठमाडौँ झिकाइएको हो ।

प्रतिक्रिया दिनुहोस्