जोर्डन । युरोपेली संघ (इयू)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, उनका पूर्वरक्षामन्त्री योआभ ग्यालेन्ट र हमासका सैन्य प्रमुख मोहम्मद देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र यसलाई कार्यान्वयन गरिनुपर्ने बताएको छ ।
निर्णयलाई अमेरिकाले ‘आधारभूत रूपमा अस्वीकार’ गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ । ‘पक्राउ पुर्जी माग्ने अभियोजकको हतारो र प्रक्रियाको त्रुटिका कारण यो निर्णय भएकोमा हामी निकै चिन्तित छौं । संयुक्त राज्य अमेरिका स्पष्ट छ कि यस मामिलामा आईसीसीको क्षेत्राधिकार छैन’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले भने ।
युरोपेली संघ (इयू)का विदेश नीति प्रमुख जोसेफ बोरेलले भने, ‘नेतन्याहु, ग्यालेन्ट र देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र यसलाई कार्यान्वयन गरिनुपर्ने बताउनुभएको हो ।’
‘यो राजनीतिक निर्णय होइन । यो अदालतको पनि अदालत अन्तर्राष्ट्रिय अदालतको निर्णय हो । अदालतको निर्णयलाई सम्मान र कार्यान्वयन गर्नुपर्छ,’ जोसेफ बोरेलले जोर्डनको राजधानी अम्मानको भ्रमणका क्रममा भने ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीसँगको संयुक्त पत्रकार सम्मेलनपछि उनले भने, ‘यो निर्णय बाध्यकारी निर्णय हो र युरोपियन युनियनका सबै सदस्यहरू पनि सामेल सबै राज्य, अदालतका सबै राज्य पक्षहरू यो अदालतको निर्णय कार्यान्वयन गर्न बाध्य छन् ।’
आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन् ।
इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा देइफको मृत्यु भएको बताएको थियो तर हमासले उहाँको मृत्युको पुष्टि गरेको छैन । अदालतले देइफको मृत्यु भएको हो वा होइन भन्ने कुरा अभियोजनकर्ताले यकिन गर्न नसकेकाले पक्राउ पुर्जी जारी गरिएको हो ।
बोरेलले अर्को महिना आफ्नो उत्तराधिकारी काजा कल्लासलाई इयूको विदेश नीति प्रमुखको पदीय जिम्मेवारी हस्तान्तरण गर्दै छन् ।