Logo
Logo

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु


315
Shares

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गर्दा बसमा सवार ४१ जनाको मृत्यु भएको हो । अन्य १६ जना गम्भीर घाइते भएका छन् । आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।

त्यसअघि बुधबार पनि सोही प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए । अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ ।

प्रतिक्रिया दिनुहोस्