काठमाडौं, १९ जेठ ।
गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा , काज पदस्थापन गरेको छ । सरुवामा विभिन्न जिल्लाका सिडिओहरुको जिम्मेवारी हेरफेर भएको छ ।
सरुवाअनुसार बर्दियामा लिलाधर अधिकारी, रमेश न्यौपानेको पाल्पा, पाल्पाका यादब सुवेदीको गृह मन्त्रालयमा तथा महोत्तरीमा कृष्ण बहादुर कटवाललाई पठाइएको छ ।
गृहका हिरालाल रेग्मीलाई सुर्खेतको सिडिओमा पठाइएको छ । चन्द्र गैरेलाई कालिकोट, भिम भट्टराईलाई डोटी, बर्दियामा लिलाधर अधिकारी, दार्चुलामा शरद पोखरेल, ओखलढुगामा कृष्ण पौडेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जिवी गिरी, बझाङमा कमलराज भण्डारीमा सिडिओका रुपमा खटाइएको छ ।
डिल्लीबजारको जेलरमा गणेश आचार्यलाई पठाइएको छ । गृह मन्त्रालयले गत साता मात्र दुई पट सिडिओको सरुवा गरेको थियो ।