काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।