काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा दायर रिटमासथ सुनुवाइका लागि न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, आज पनि सुनुवाइ नहुने भएको हो ।
एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । तर, रिट हालसम्म पाँच पटक पेसी तोकिने अनि सुनुवाइ सर्ने भएको छ भने एक पटक मात्र सुनुवाइ भएको छ ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । सोही दिन प्रधानमन्त्री ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थि ।
मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी रिटमा गरिएको छ ।