Logo
Logo

राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेमाथि चौतर्फी आक्रमण हुन थाल्यो : शंकर पोखरेल


378
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमाले माथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् ।  

एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरेपछि चौतर्फी आक्रमण हुन थालेको र एमालेलाई समाप्त पार्न अनेक खालका षड्यन्त्र भइरहेको बताएका हुन् । 

बिभिन्न नाममा राष्ट्रलाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध एमालेले जागरण सभा आयोजना गरेको उनले बताए । उनले देशका दुई ठुलो राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षड्यन्त्र भएको बताए । नेकपा एमालेलाई पटक पटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पङ्ती चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उनले बताए ।

जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उनले त्यसमा एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पारे । एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उनले चुनौती दिए ।  

सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौँ भन्ने दल एमाले भएको स्मरण गराउँदै उनले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताए । त्यसको दोष समेत अहिले एमाले माथि लगाउने काम भइरहेको पोखरेलले सुनाए । एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएको स्मरण गराए । 

प्रतिक्रिया दिनुहोस्