Logo
Logo

नेपालमा प्रमुख राजनीतिक दलका नेताहरुले देशमा गरिबी बढाए : नेता गिरी


प्रेमचन्द्र झा

252
Shares

रौतहट । राष्ट्रिय मातृभूमि पार्टीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले नेपालमा रहेका प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाएको बताएका छन् ।

रौतहटको गढिमाई नगरपालिकाको वडा नम्बर ८ स्थित बिरनगरामा आयोजित सभामा बोल्दै गिरीले देशमा बैदेशिक ऋुण थप्दै गएको तर प्रमुख राजनैतिक दलका नेताहरुको दरिद्र मानसिकताका कारणले दिन प्रतिदिन जनता झन् गरिब हुँदै गएको बताएका हुन् । नेपालको यो भुमि धर्तिको स्वर्ग भएर पनि यहाँ गरिबी र अशिक्षा छ अहिलेसम्मको राजनीतिको उपज भएको उनको भनाइ छ ।

देव भुमि, प्राण भुमि र मृतसंजिवनी भुमिको रुपमा रहेको सुन्दर देश नबन्नुमा प्रमुख राजनैतिक दलका नेताले लिनु पर्ने पनि उनले बताए । पुराना दलका नेताहरुका कारण देशका माटोमा जनताले गरि खाने बातावरण बनाउन नसकेको आरोप लगाउँदै नेता गिरीले पुराना पार्टीसँग जनतालाई सचेत रहन अनुरोध गरे ।

उनले सभालाई सम्बोधन गर्ने क्रममा पार्टी देशमा सुशासन र समृद्विका लागि काम गरिरहेको दाबी गर्दै विना उपचार जनता मरिरहने तथा भोक रोगबाट जनतालाई जोगाउने कार्यलाई आफुहरुले अभियानका रुपमा आगाडि बढाउने प्रतिवद्वता गरे ।
मानवता–मानवियता तथा शुद्ववायु–शुद्व खानेपानीको समुचित व्यवस्थापन गरि जनताको भोक रोग मेटाउने अभियानमा गिरीले साथ दिन अनुरोध गर्दै नेपालमा जन्मिएका सबै नागरिकलाई समान अधिकार दिनुपर्नेमा जोड दिए ।

नागरिकको अधिकार प्राप्तिको पहिलो ईकाईको रुपमा रहेको वडामा खास गरेर गढिमाई नपाको वडा नम्बर ८ को बच्चा काखमा राखेकी आमा चुनाव चिन्ह धारक उमेदवार साहेबलाल कुर्मी निर्वाचित भए देशकै नमुना वडा बनाउने उनले घोषणा समेत गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव गोविन्द गिरी, कोषाध्यक्ष केशव भट्टाराई, केन्द्रीय सदस्य सविता झा, गढिमाई नगरप्रमुख प्रत्यासी शम्भु साह, कटहरिया नगर प्रमुख प्रत्यासी हरी विनय साह निराला सहितले वडा अध्यक्ष उमेदवार साहेबलाल राउत कुर्मीलाई विजय गराउन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्