Logo
Logo

ललितपुर महानगरका यी स्थानमा आजदेखि पार्किङ निषेध


252
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर भित्रका विभिन्न क्षेत्रलाई पार्किङ निषेध क्षेत्र घोषणा गरेको छ । सवारी साधनहरू तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवत जावत सहज बनाउन महानगरले केहि ठाउँलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको हो ।

जसअनुसार मंगलबजार, सुनधारा, ग्वार्को सडक खण्ड र मंगलबजार, टंगल, थती (लगनखेल) सडक खण्डमा आजैदेखि सवारी साधन पार्किङ निषेध गरिएको छ । महानगर कार्यपालिकाले गरेको निर्णय आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको ललितपुर महानगरपालिकाका नगर प्रहरी बलको प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

अत्यधिक सवारी साधनको पार्किङले गर्दा महानगरपालिका क्षेत्र भित्र रहेको सम्पदा संस्कृतिको धरोहर पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्स जस्ता आकस्मिक सवारी साधनलाई समेत आवतजावत गर्न असहज भएपछि यस्तो निर्णय गर्नुपरेको महानगरले जनाएको छ ।

यस निर्णयको कार्यान्वयनसँगै विद्यालय तथा मन्दिरहरू भएकोले विद्यार्थी तथा भक्तजनहरूलाई आवतजावत गर्न सहज हुने, दुर्घटना न्यूनीकरण हुने महानगरको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्