Logo
Logo

सुनको मूल्य एकैदिन १७ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


567
Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको महासंघल जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला प्रतितोला २० रूपैयाँ बढेको हो । आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्