काठमाडौं । पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित भोजपुरको षडानन्द नगरपालिका बोयाका राईको उपचारका क्रममा हिजो काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ५७ वर्षीय उनको शनिबार निधन भएको माओवादीका नेता सुदन किराँतीले जानकारी दिए । राईको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।