काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । उनले भोलि (सोमबार)देखि लागु हुनेगरी राजीनामा दिएका हुन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले स्वास्थ्यको कारण देखाएर अधिकारीले सोमबारदेखि लागु हुनेगरी राजीनामा दिएको बताए ।
उनले भने, ‘सचिव सुरेश अधिकारीले स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ ।’