काठमाडौं । राहदानी विभागले राहदानी सम्बन्धी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने बताएको छ । विभागले एक सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै एक–दुई साता लाग्ने अनुमान गरिएको जानकारी दिएको हो ।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही ककप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।
राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको छ । विभागका अनुसार एक–दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ ।
भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।