काठमाडौं । नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेकाे जरिवानाकाे पत्र काठमाडौं महानगरपालिकाले इमेलमार्फत पठाएकाे छ । पत्र एमालेले लिन नमानेपछि आज इमेलमार्फत पठाएको हाे।
आइतबार महानगर प्रहरीसहितको टोली एमाले मुख्यालयमा पत्र लिएर गएको थियो । तर, कार्यालय सचिवले कार्यक्रमको आयोजना उपत्यकाका ३ जिल्ला कमिटीले गरेकाले केन्द्रीय कार्यालयसँग असम्बन्धित भएको भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए ।
काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पार्टी कार्यालयमा पत्र बुझाउन जाँदा नबुझेकाले इमेलमार्फत पत्र पठाइएको बताए ।
‘भौतिक रूपमा नै गएर पत्र बुझाउन खोजेको थियो । पत्र बुझ्न नममानेपछि महानगरपालिकाको नगर प्रहरी बलको आधिकारिक इमेलबाट नेकपा (एमाले) पार्टीको आधिकारिक इमेलमा पठाइएको छ’ उनले भने ।