Logo
Logo

जुन देशले पहिले निम्तो दिन्छ त्यही देशको भ्रमण गर्न ओलीलाई माधव नेपालको सुझाव


1.3k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मालाई कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन सुझाव दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफलमा नेता नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण गर्नुपर्ने सुझाव दिएका हुन् ।

सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रकिक्रिया दिँदै नेता नेपालले यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने भन्ने टन्टाबाट मुक्त हुन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँग सामुहिक छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्