काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणको तयारीका लागि १३ मंसिरमा बेइजिङ जान लागेका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको भ्रमण स्वीकृत गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।
यस्तै, बैठकमा मन्त्रालयहरुद्वारा पेश गरिएका विदेश भ्रमण, जग्गा प्राप्तीलगायतका एजेन्डाहरुमा समेत छलफल तथा निर्णय हुनेछ । साथै, मन्त्रालयका नियमित प्रस्तावहरूमाथि पनि बैठकले छलफल तथा निर्णय गर्ने बताइएको छ ।