Logo
Logo

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : बीआरआई परियोजना स्वीकार गर्नुपर्छ


4.2k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् ।

बीआरआई नेपालको हितमा रहेको भन्दै पूर्वराधान्मंत्री समेत रहेका अध्यक्ष नेपालले यसबाट लाभ लिनुपर्ने बताए । चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले भने, ‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपाल जस्तो देशले लाभ लिनुपर्छ ।’

बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको बताउँदै उनले भने, ‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं । बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं ।’

नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । उनले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए ।

नेपालले नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध कायम राख्न ओलीलाई सुझाव दिए । ‘कुनै पनि छिमेकी मुलुकहरुविरुद्धमा नेपाली भूमि प्रयोग गर्न दिइँदैन । यसअर्थमा हामी संसारका सबै देशहरुमा मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं’, नेपालले भने, ‘कसैसँग हाम्रो शत्रुता छँदा पनि छैन, हाम्रो त्यो चाहना पनि छैन । नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्