Logo
Logo
मानव तस्करी प्रकरण

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय


4.2k
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।

प्रहरीका अनुसार बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गर्ने भएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाइएको छ ।

विमानस्थलको सीसी टीभी फुटेजमा पनि उनी अन्य तीन युवासँगै गएको नदेखिएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्