काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । मानव तस्करीको आरोपमा पक्राउ परेका उनलाई सोमबार प्रहरीले श्रीमतीको जिम्मा लगाएको हो ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरलगत्तै अधिकारी रिहा भएका हुन् । पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।