काठमाडौं । क्रिकेट भनेपछि भुतुक्कै हुने ‘फ्यान बेस’ रहेको नेपालमा फ्रेन्चाइज नेपाल प्रिमियर लीग (एनपीएल)को चर्चा र रौनक बढेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले अहिले ड्रिम प्रोजेक्टको रूपमा नेपाल प्रिमियर लिग ‘एनपीएल’को तीव्र तयारी गरिरहेको छ ।
क्यानले एनपीएललाई भारतमा हुने फ्रेन्चाइज लिग इन्डियन प्रीमियर लीग (आईपीएल)जस्तै चर्चित ब्रान्ड बनाउने महत्त्वाकांक्षी योजना बनाएको छ । मैदानको रौनक, खेलाडीको जोश, अवसर, विदेशी खेलाडीको उपस्थिति, प्रशिक्षक, प्रत्यक्ष प्रसारणको विश्वव्यापी पहुँच र पुरस्कारजस्ता पक्षले एनपीएल चर्चित हुँदैछ ।
आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरको टीयू क्रिकेट मैदानमा हुने टी–ट्वान्टी फम्र्याटको एनपीएलमा आठ टीम सहभागी हुँदैछन् । एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाजक, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले सहभागिता जनाउँदै छन् । यी कुन टिम कस्ता छन् ?
१. विराटनगर किंग्स्
एमएडी ड्रिम स्पोर्ट्सले विराटनगर किंग्स्को स्वामित्व क्यानबाट एक करोड ५१ लाख रुपैयाँमा किनेको थियो । टिमको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने छन् भने न्युजिल्यान्डका पूर्वओपनर मार्टिन गप्टिल यो टिमको सबैभन्दा चर्चित अनुहार हुन् ।
स्वामित्व: एमएडी ड्रिम स्पोर्ट्स
मुख्य प्रशिक्षक: केभिन ओ‘ब्रियन
मार्की खेलाडी: सन्दीप लामिछाने
गुडविल ब्रान्ड एम्बासडर: दयाहाङ राई (अभिनेता)
ब्रान्ड एम्बासडर: कुशल पोखरेल (कलाकार)
फेस अफ विराटनगर किंग्स: रचना रिमाल (कलाकार)
नेपाली खेलाडीः सन्दीप लामिछाने, बसिर अहमेद, लोकेश बम, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, मृगंल गुरुङ, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी
विदेशी खेलाडी: अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), क्रिस सोल (स्कटल्यान्ड), इस्मत आलम (अफगानिस्तान), निकोलास किर्टन (क्यानडा)
२. जनकपुर बोल्ट्स
ड्रिम स्पोर्ट्सले मधेस प्रदेशको राजधानीको नाममा रहेको जनकपुर बोल्ट्सको स्वामित्व दुई करोड पाँच लाखमा किनेको थियो । प्रतियोगिताको पहिलो संस्करणका निम्ति टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहेका पुबुदु दासानायकेले प्रशिक्षण दिनेछन् ।
स्वामित्व: ड्रिम स्पोर्ट्स
मुख्य प्रशिक्षक: पुबुदु दासानायके
मार्की खेलाडी: आसिफ सेख
ब्रान्ड एम्बासडर: पूजा महतो
नेपाली खेलाडी: आसिफ सेख (मार्की), हेमन्त धामी, सुवास कंसाकार, किशोर महतो, शेर मल्ल, ललितनारायण राजवंशी, रुपेश सिंह, अनिल साह, तुल थापा, आकाश त्रिपाठी, अर्निको यादव
विदेशी खेलाडीः जिम्मी निसम (न्युजिल्यान्ड), जोसुआ ट्रोम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहम्मद माहसिन (पाकिस्तान), लहिरी मिलान्था (अमेरिका)
३. चितवन राइनोज
चितवन राइनोजको फ्रेन्चाइज चितवन मेडिकल कलेजले एक करोड ७६ लाख रुपैयाँमा क्यानबाट किनेको थियो । कुशल मल्ल मार्की खेलाडी रहेको यो टिम उमेश पटवालको प्रशिक्षणमा रहेको छ ।
स्वामित्वः चितवन मेडिकल कलेज
मुख्य प्रशिक्षकः उमेश पटवाल
मार्की खेलाडीः कुशल मल्ल
नेपाली खेलाडीः कुशल मल्ल, शरद भेषवाकर, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रञ्जित कुमार, विपीन रावल, अमरसिंह रौटेला, दीपेश खतिवडा
विदेशी खेलाडीः रवि बोपारा (इंग्ल्यान्ड), मर्चन्ट डे लिंगे (दक्षिण अमेरिका), ल्यूक मार्टिन बेन्किन्सटन (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लफ्टी इटोन (नामिबिया)
४. काठमाडौं गुर्खाज
काठमाडौं गुर्खाजको फ्रेन्चाइजी कान्तिपुर मिडिया ग्रुपले तीन करोड ३३ लाखमा किनेको हो । काठमाडौं पहिलो संस्करणको दोस्रो सबैभन्दा महंगो फ्रेन्चाइज टिम समेत हो । टिम वसन्त शाहीको प्रशिक्षणमा छ ।
स्वामित्वः काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर
मुख्य प्रशिक्षकः वसन्त शाही
मार्की खेलाडीः करण केसी
ब्रान्ड एम्बासडरः इन्दु बर्मा (क्रिकेटर)
नेपाली खेलाडीः करण केसी, साहब आलम, दीपेश कँडेल, कृष्ण कार्की, राशिद खान, विवेक केसी, सुमित महर्जन, शंकर राना, प्रतिक श्रेष्ठ, कृष कार्की (आइकोनी प्लेयर)
विदेशी खेलाडीः नाथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया)
५. पोखरा एभेन्जर्स
एनपीएलको सबैभन्दा महंगो फ्रेन्चाइजी टिम हो, पोखरा एभेन्र्जस । पोखराले क्यानबाट तीन करोड ५७ लाखमा टिमको फ्रेन्चाइजी खरिद गरेको छ । टिम भारतीय प्रशिक्षक राजीव कुमारको प्रशिक्षणमा छ ।
स्वामित्वः नेपाल टी–ट्वान्टी प्रा.लि
मुख्य प्रशिक्षकः राजीव कुमार
मेन्टरः जोन्टी रोड्स
मार्की खेलाडीः कुशल भुर्तेल
नेपाली खेलाडीः कुशल भुर्तेल, आकाश चन्द, तीर्थराज दास, सागर ढकाल, सुनम गौतम, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, विपीन खत्री, दिलीप नाथ, किरण ठगुन्ना, सुदीप अर्याल (आइकोनिक प्लेयर)
विदेशी खेलाडीः आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड)
६. लुम्बिनी लायन्स
एनपीएलको पहिलो संस्करणका निम्ति फच्र्युन हेल्थ केयरले क्यानबाट एक करोड ८६ लाखमा लुम्बिनीको स्वामित्व किनेको हो । टिमको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कन्सलट्यान्ट प्रशिक्षक समेत रहेका फाडनिस छन् भने नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचन टिमको मेन्टरमा छन् ।
स्वामित्वः फच्र्युन हेल्थ केयर
मुख्य प्रशिक्षकः नन्दन फाडनिस
मेन्टरः शक्ति गौचन
मार्की खेलाडीः रोहित पौडेल
ब्रान्ड एम्बासडरः राजेश हमाल (अभिनेता)
नेपाली खेलाडीः रोहित पौडेल (मार्की), सूर्य तामाङ, विकाश आग्री, दिनेश अधिकारी, अभिषेस गौतम, आयुतोष घिरैया, सन्दीप जोरा, दूर्गेश गुप्ता, तिलकराज भण्डारी, अर्जुन साउद, विवेक यादव
विदेशी खेलाडीः बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज)
७. कर्णाली याक्स
एनपीएल पहिलो संस्करणमा सबैभन्दा धेरै प्रचार–प्रसार गर्ने टिममा पर्छ, कर्णाली याक्स । यसको स्वामित्व हिमालयन बिल्डर्सले क्यानबाट एक करोड ११ लाख रुपैयाँमा खरिद गरेको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टिम छ ।
स्वामित्वः हिमालयन बिल्डर्स
मुख्य प्रशिक्षकः ज्ञानेन्द्र मल्ल
मार्की खेलाडीः सोमपाल कामी
फेस अफ दि कर्णाली याक्सः स्वस्तिमा खड्का (कलाकार)
नेपाली खेलाडीः सोमपाल कामी, मौसम ढकाल, दीपेन्द्र रावत, दीपक डुम्रे, देव खनाल, रित गौतम, अर्जुन घर्ती, गुल्सन झा, भुवन कार्की, युनिस सिंह, नन्दन यादव
विदेशी खेलाडीः शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज)
८. सुदूरपश्चिम रोयल्स
क्यानबाट सुदूरपश्चिम रोयल्सको स्वामित्व इम्पायर स्पार्ट्सले एक करोड ६८ लाख रुपैयाँमा किनेको थियो । यो टिम नेपाली युवा टिमको प्रशिक्षण जिम्मेवारी सम्हालिरहेका जगत टमाटाको प्रशिक्षणमा रहेको छ ।
स्वामित्वः इम्पायर स्पोर्ट्स
मुख्य प्रशिक्षकः जगत टमाटा
कन्सलट्यान्टः ब्राड हग
मार्की खेलाडीः दीपेन्द्रसिंह ऐरी
नेपाली खेलाडीः दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भोजराज भट्ट, अभिनाश बोहरा, खडक बोहरा, नरेश बुढाएर, अर्जुन कुमाल, इशान पाण्डे, नरेन साउद, आरिफ सेख, अमित श्रेष्ठ
विदेशी खेलाडीः ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई)
एनपीएल सुरु हुन पाँच दिन मात्रै बाँकी रहँदा सबै टिमले उपाधि चुम्ने दाबी गरिरहेका छन् । तर, कुन टिमको प्रर्दशन कस्तो रहला र एनपीएलको पहिलो ट्रफि कसले हात पार्ला भकन्ने हर्ने चाहिँ अझै झण्डै एक महिना कुर्नैपर्छ ।