काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन (सोमबार) १५ हजार ९ सय रुपैयाँ घटेको सुन आज फेरि प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।