काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमानबाट बलात्कारमा परेको भन्दै जाहेरी दिएकी बिनुले प्रहरीले जाहेरी नै गायब पारेको आरोप लगाउँदै सर्वोच्चको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेकी हुन् ।
कालो साडी लगाएर मोटरसाइकलमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याँक्न सफल भइन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार वृतमा लगेको छ भने बोर्डमा लागेको रंग पानीले सफा गरेको छ ।