Logo
Logo

ट्रम्पको एउटा स्टाटसले चीन, क्यानडा र मेक्सिकोको मुद्रा गिरावट


693
Shares

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिका कारण क्यानडा, मेक्सिको र चीनका मुद्रामा गिरावट आएको छ ।

न्युयोर्क टाइम्सका अनुसार, मेक्सिकोको मुद्रा पेसो अमेरिकी डलरसँगको तुलनामा एकै दिनमा १.१८ प्रतिशतले कमजोर भएको छ। यसैगरी, क्यानडाको मुद्रा क्यानाडियन डलर अमेरिकी डलरसँगको तुलनामा १ प्रतिशतले कमजोर भएको छ, जुन मे २०२० यताकै ठूलो गिरावट हो ।

चीनको मुद्रा युआनमा पनि गिरावट आएको छ, यद्यपि यो मेक्सिकोको तुलनामा कम छ। चिनियाँ मुद्रा युआन अमेरिकी डलरसँगको तुलनामा ०.३ प्रतिशतले कमजोर भएको छ ।

ट्रम्पले आफू सत्तामा आएपछि पहिलो दिनदेखि नै क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सबै सामानमा भारी शुल्क (ट्यारिफ) लगाउने अभिव्यक्ति दिएका छन् । यी देशहरूबाट लागूपदार्थ र अवैध आप्रवासीको प्रवाह बन्द नभएसम्म यही नीति जारी राख्ने उनको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्