Logo
Logo

एसिया कप खेल्ने नेपाली यु-१९ टोलीको बिदाइ


315
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले मंसिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा शुरू हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाइ गरेको हो । मंसिर १४ देखि युएईमा हुने एसिसी यु-१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

धामीको कप्तानीमा टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव रहेका छन् ।

यसका अलावा नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्