काठमाडौं । जस्मिन पेन्ट्सको सद्भावना दूत अर्थात् ‘ब्रान्ड एम्बासडर’मा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालाई नियुक्त भएका छन् ।
कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत सद्भावना दूत नियुक्त गरिसकेको छ ।
पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ पारस खड्कासँग सहकार्य गरेको जस्मिन पेन्ट्सले जनाएको छ ।
यो सहकार्यले नेपाली खेलकुदका साथसाथै आफ्ना उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजारीकरण विस्तारका निमित्त थप टेवा पुग्ने जस्मिन पेन्ट्सको विज्ञप्तिमा उल्लेख छ । पारस खड्कासँगको सहकार्यले आफ्ना उत्पादनहरू स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै परिचित हुने कम्पनीको विश्वास छ