काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ ।
राष्ट्रियसभा अन्तर्गतको समिति यस बैठकमा प्रमुख छलफलको विषय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित हुनेछ । समितिले मन्त्रालयसँग आवद्ध आश्वासनहरूको बारेमा विस्तृत छलफल गर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र सचिवलाई बोलाइएको छ । उनीहरूसँग मन्त्रालयका विभिन्न गतिविधिहरू र आगामी योजनाहरूको बारेमा जानकारी लिइने छ ।