Logo
Logo

परराष्ट्रमन्त्री चीन प्रस्थान


504
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज बेइजिङ प्रस्थान गरेकी हुन् ।

परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्