काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ।
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै विद्युतीय कारोबारमा अनुसन्धानका लागि थुनामा रहेका प्रसाईँ क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न आदेश गरेको हो ।
सर्वोच्चले बुधवार यस्तो आदेश गरे पनि यो बिहीबार मात्र सार्वजनिक गरेको हो । न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो ।
प्रसाईंका तर्फबाट छोरा नीरज प्रसाईँले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए ।