कालीकोट । कोलीकोटको तिलागुफा नगरपालिका वडा नम्बर–४ मा नेकपा माओवादी केन्द्र विरासत जोगाउन असफल भएकोा छ ।
सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा यस स्थानीय तह उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएको छ ।
आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार नेमकिपाका खड्गराज शाही एक सय ४३ मतका साथ विजय भएका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत पाए ।
यस्तै एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैल बहादुर शाहीले ४९ र राप्रपाका गोगन बहादुर शाहीले जम्मा १७ मत पाए ।
स्थानीय तहमा पहिलोपटक भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा ५ मत पाएको छ । मतपरिणामअनुसार रास्वपाका गगन बमले जम्मा ५ मत पाएका छ्न् ।