काठमाडौं, २२ जेठ ।
सरकारका तीन सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपाललाई बढुवाको निर्णय गरेको हो ।
बढुवा भएका सचिवहरुको पदस्थापन गरी केहीको सरुवाको तयारी सरकारको छ । सञ्चार लगायत विभिन्न निकायमा सचिवको पद रिक्त छ ।