Logo
Logo

नेपाल प्रिमियर लिग : काठमाडौंले गुमायो चार विकेट


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत अहिले चितवन राइनोज र काठमाडौं गुर्खाजबीच खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको काठमाडौंले चार विकेट गुमाइसकेको छ ।

जसमा तीन विकेट पाकिस्तानका तीव्र गतिका बलर सोहेल तन्विनरले लिएका छन् । पाकिस्तानका लागि टी–२० विश्वकप जितेका तन्विरले आफ्नो पहिलो ओभर तथा चितनवको दोस्रो ओभरको पहिलो बलमा नै इंग्लिस ब्याटर स्टेफन इस्किनाजीलाई २ रनमा अमरसिंह रटेउलाको हातबाट क्याच गराए।

चौथो ओभरमा तन्विरले काठमाडौंका डच ब्याटर माइकल लेभिटलाई दिपक बोहराबाट क्याच गराए । लेभिटले आउट हुनुअघि १६ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे । चितवनका कप्तान मल्लले तेस्रो विकेट लिने क्रममा गेराल्ड इरासमसलाई ४ रनमा बोल्ड गरे ।

तन्विरले आफ्नो तेस्रो ओभरमा चितवनका लागि चौथो विकेट लिए। छैटौं ओभरमा उनले भीम सार्कीलाई स्कुप सट प्रहार गर्न लाग्दा १ रनमा एलबिडब्लूको धरापमा परे। त्यतिबेला काठमाडौंले ३४ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । तन्विर सन् २००८ मा राजस्थान रोयल्सले आइपिएल जित्दा सो टोलीमा थिए। उनले तीन ओभरमा ३ विकेट लिदा १९ रन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्