Logo
Logo

दोलखाको गौरीशंकरमा माओवादीको अग्रता कायमै


8.6k
Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)की उमेदवारको अग्रता कायमै छ ।

आइतबार भएको उपनिर्वाचनपछि जारी मतगणनामा माओवादीकी निम लेकी शेर्पाले एक हजार ३८० मतसहित अग्रता कायम गरेकी हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)की उमेदवार उमा लुगेंलीमगर शेपाले एक हजार १३ मत ल्याएकी छन् ।

नेपाली कांग्रेसकी उमेदवार पासदिकी तामाङले ७९६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा श्रेष्ठले ६०, नेकपा (एकीकृत समाजवादी)की रविना खड्काले ३१ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्