Logo
Logo

तनावग्रस्त बन्यो चितवन, रास्वपा समर्थकसँगको मुठभेडमा २० प्रहरी घाइते


1.4k
Shares

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयमा बयान भइरहँदा बाहिर उनका समर्थक र प्रहरीबीच भिडन्त भएको हो ।

चौविसकोटीबाट आइरहेको जुलुसलाई रोक्न खोज्दा जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपा समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा समेत प्रहार गरेको छ ।

आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । उनका अनुसार प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएका छन् । यता रास्वपाका ४० बढी समर्थक पनि घाइते भएका छन् ।

रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।

पोखरा, बुटवल, काठमाडौं र चितवनका सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । रविको पक्राउलाई रास्वपाले राजनीतिक प्रतिशोध भन्दै सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्