Logo
Logo

आज पनि आएन वाइडबडीको फैसला


504
Shares

काठमाडौं । विशेष अदालतले बुधबार पनि वाईडबडी भ्रष्टाचार मुद्दाको फैसला सुनाउन सकेन ।

मुद्दाको सुनुवाइ सकेपछि सोमबारदेखि प्रमाण र कागजात अध्ययन गरिरहेका न्यायाधीशहरूले बुधबार अबेर बिहीबारका लागि हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् ।

वाइडबडी भ्रष्टाचार मुद्दा तीन सातादेखि विशेष अदालतमा निरन्तर सुनवाइ भइरहेको छ । अध्यक्ष टेक नारायण कुँवरसहित सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले वाईडबडी भ्रष्टाचार मुद्दाको सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्