Logo
Logo

गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ सय ७३ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ जेठ ।
नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्वारा आइतबार बिहान ६ बजे जारी सूचना अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो।

जसअनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १०, नवलपरासी पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै पुरुष हुन्।

संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भइरहेको सूचनामा भनिएको छ।
योसँगै नेपालभर संक्रमण पुष्टि हुनेको संख्या ३२ सय ७३ पुगेको छ।
केही दिनयता नेपालमा दैनिक तीन सयको संख्यामा संक्रमितको संख्या बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्