Logo
Logo

एनआईएमबीको सहकार्यमा चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट


441
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपालको एक मात्र सदर चिडियाखाना, जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड  (एनआईएमबी) ले टिकट भुक्तानीको लागि डिजिटल माध्यमको व्यवस्था गरे सँगै अनलाइन भुक्तानी सम्भव भएको हो  । 

अवलोकनकर्ताहरूले आफ्नो मोबाइल बैकिङ्गबाट क्युआर कोट स्क्यानको माध्यमबाट सहज भुक्तानी गरी प्रवेश टिकट प्राप्त गर्न सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरूलाई सहज डिजिटल बैङ्किङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्