काठमाडौँ, २५ जेठ ।
नेपालमा असार १७ गतेदेखि आन्तरिक उडान सुचारु हुने भएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदै आन्तरिक उडान तथा थप केही क्षेत्र खुला गर्न लागेको छ ।
एयरलाइन्स सञ्चालकहरुसँगको छलफलमा उडान खोल्ने सहमति भएको हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।यद्यपी यस सम्बन्धमा मन्त्रिपरिषदबाट औपचारिक निर्णय हुन बाँकी छ । प्राधिकरणबाट पर्यटन मन्त्रालय हुँदै प्रस्ताव अघि बढाउन लागिएको छ ।
‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक व्यवसायीले भने ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’ स्वास्थ्य सुरक्षासम्बन्धि सम्पूर्ण मापदण्ड पुरा गरेर उडान सुचारु गर्न लागिएको हो ।
सरकारले केही दिनभित्रै लकडाउन खुकुलो बनाउने निर्णय गर्दै छ ।