Logo
Logo

लकडाउनमा सुनको मूल्य प्रतितोला १० हजार चार सय बढ्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ जेठ ।
लकडाउनको अवधिमा सुनको मूल्य तोलामा १० हजार भन्दा धेरै बृद्धि भएको छ । चैत ११ देखि कोरोनाका कारण देश लकडाउनमा भएकाले सुनको मूल्य तोकिएको थिएन। तर नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य तोकेको हो। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकिएको छ। चैत १० गते छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो।

सरकारले ल्याएको नयाँ बजेट मार्फत सुनको भन्सार दर बढाइएकाले पनि मूल्य बढेको हो। सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रति तोला ७७ हजार रुपैयाँ थियो। आइतबार पुरानो मूल्यसँग तुलना गर्दा तोलामा १० हजार चार सय रुपैयाँले बढेको छ।

त्यस्तै आइतबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ६० रुपैयाँ तोकिएको छ। नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबार चाँदीको मूल्य ९२५ रुपैयाँ तोकेको छ। गएको चैत १० गते चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।

जेठ १५ मा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले सुनमा भन्सार दर बढाइएको थियो। उक्त बजेट मार्फत प्रति १० ग्राम सुनको आयातमा २ हजार रुपैयाँ भन्सार वृद्धि गरिएको थियो।
विश्वमै सुनको मूल्य बृद्धि भएकाले पनि त्यसको असर नेपालमा परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्