Logo
Logo

रौतहट नरसंहार, आलमका सहयोगी पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ जेठ ।
पूर्व मन्त्री मोहम्मद अफताब आलमको योजना भएको रौतहट नरसंहार घटनाका थप एक अभियुक्त परेका छन् । बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रदेश नम्बर २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान अघि बढाइएको डिआइजी धिरजप्रताप सिंहले बताए । उनी इँटा भट्टाको त्यसबेला मिस्त्री थिए। उनी मिस्त्री भएको इँटा भट्टामै जिउँदै मान्छे हालेर हत्या गरिएको थियो। उनी पक्राउ परेलगत्तै यो मुद्दा थप बलियो हुने छ । यसअघि आलम मात्र पक्राउ परेकोमा उनी हाल जेलमा छन् ।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा उक्त घटना भएको थियो। चुनावमा बम बिष्फोट गराई मतदातालाई भगाउने र बुथ कब्जा गर्ने योजनाअनुसार काकाको गोठमा उनले बम बनाउन लगाएका थिए । अचानक बम बिष्फोट भएर उनका सहयोगीहरु घाइते भएकोमा घटना लुकाउन उनले ईटा भट्टामा हालेर जलाएका थिए । पार्टीको आडमा उनी जोगिदै आएकोमा गत वर्ष पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्